नियम ६
लास जाँच तथा शव परीक्षण
(१) ऐनको दफा ११ बमोजिम लास जाँच गर्दा तहकिकात गर्ने प्रहरी कर्मचारीले आवश्यकता अनुसार अनुसूची–७ वा अनुसूची–८ बमोजिमको
मुचुल्का खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लास जाँच मुचुल्का भैसकेपछि त्यस्तो लास जाँचबाट कुनै अपराधको परिणाम स्वरुप वा शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआएमा र तहकिकात गर्ने प्रहरी कर्मचारीले सो लासको शव परीक्षण गराउन आवश्यक नपर्ने ठह¥याएमा त्यसको कारण सहित स्थानीय भद्र भलादमीको रोहबरमा पर्चा खडा गरी मिसिल संलग्न राखी शव परीक्षण नगराउन सक्नेछ ।